१३ जेष्ठ २०८०, शनिवार

जुम्लाबाट नागरिक एप सम्बन्धी सातै प्रदेशमा आयोजना हुने डिजिटल साक्षरता कार्यक्रम शुरू

२०८०,जेष्ठ,१२,शुक्रवार ११:१६

0
Shares

काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रले सातै प्रदेशमा नागरिक एप सम्वन्धि सचेतना कार्यक्रम बिहीबारदेखि जुम्लाबाट शुुुरू गरेको छ ।

पहिलो कार्यक्रमको रुपमा कर्णाली प्रदेशको जुम्लाबाट कार्यक्रमको औपचारिक शुरुवात भएको हो । जुम्लाको होटल कान्जिरोवामा भएको एक विशेष कार्यक्रममा जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले नागरिक एपमार्फत डिजिटल सेवा लिदै कार्यक्रमको शुरुवात गरेका हुन । कार्यक्रममा नागरिक एपको तर्फबाट इन्जिनियर प्रविन चौहानले विशेष प्रस्तुति दिएका थिए भने प्रयोगकर्ता र सरोकारवालासँग अन्तरक्रिया समेत गरिएको थियो ।

कार्यक्रममा जिल्लाका विशिष्ट व्यक्ति, सरकारी अधिकारी, जनप्रतिनिधि, आईटी अधिकृत, निजी क्षेत्र, सरोकारवाला र सर्वसाधारणहरुको बाक्लो उपस्थिति रहेको थियो । केन्द्रका कार्यकारी निर्देशक प्रदिप पौडेलले भर्चुअल माध्यममबाट कार्यक्रमलाई सम्बोधन गरेका थिए । सातै प्रदेशमा आयोजना हुने साक्षरता कार्यक्रम, प्रत्येक प्रदेशका २ ठाउँमा आयोजना हुने तय भएको इन्जिनियर चौहानले बताए । कर्णाली प्रदेशको सुर्खेतमा जेठ १२ गते कार्यक्रम आयोजना हुनेछ भने धनगढीमा जेठ १४ गते आयोजना हुनेछ ।

कार्यक्रमको समापन जेठ २६ गते गण्डकी प्रदेशको पोखरामा हुनेछ । नागरिक एपमा उपलब्ध सेवाहरुको बारेमा सरोकारवाला र सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले सातै प्रदेशमा कार्यक्रम गरिदै छ । डिजिटल साक्षरतालाई जोड दिदै कार्यक्रमहरु संचालन हुने आयोजकले जानकारी दिएको छ । नेपाल सरकारले केही वर्षअघि सरकारी सेवाहरु सजिलो, छिटो र सुरक्षित तरिकाले मोबाइलबाटै उपलब्ध गराउने उदेश्यसहित नागरिक एप प्रयोगमा ल्याएको थियो । नागरिक एप २७ लाख बढीले एप डाउनलोड गरेका छन् भने ५३ बढी सेवाहरु उपलब्ध छन् ।

एन्ड्रोइड र आईओएसमा उपलब्ध एप डाउनलोड गरेर प्रयोग गर्न केन्द्रले सबैलाई आह्वान गरेको छ । प्रयोगकर्ताको गुनासो र अन्य सेवाहरु थप्दै यसलाई प्रभावकारी बनाउने केन्द्रले जानकारी दिएको छ । नागरिक एप प्रयोग गर्न आफ्नो नाममा भएको मोबाइल नम्बर अनिवार्य गरिएको छ । त्यसपछि नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र वा ड्राइभिङ लाइनसेन्सबाट खाता खोल्न सकिन्छ ।

यद्धपी नागरिकता लगायत कतिपय व्यक्तिगत विवरण गलत देखाउने समेत गरेको प्रयोगकर्ताको गुनासो छ । यसलाई सम्बोधन गर्न केन्द्रले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यलयहरुमा समन्वय गरेर विवरण सच्याउने काम गरिरहेको छ ।

प्रकाशित मिति: २०८०,जेष्ठ,१२,शुक्रवार ११:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल टेलिकमले कर्णाली प्रदेशको जुम्ला र कालिकोटमा एफटीटीएच सेवा ‘एनटी फाइबर’ को शुभारम्भ गरेको छ । गत २०८०

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता रकम भुक्तानीको जिम्मा स्मार्ट टेलिकमकै हुने स्पष्ट पारेको छ । प्राधिकरणले आज एक सूचना

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् निर्यातका लागि बजार सुनिश्चित बन्दै गएको बताएका छन् । तामाकोशी

काठमाडौं । नेपाल इन्टरनेट फाउण्डेशनले बालबालिकालाई थप सशक्तिकरण र सृजनशीलतालाई प्रेरित गर्न आर्ट कार्यशाला आयोजना गर्ने भएको छ । नेपाल

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११