काठमाडौं । दक्षिण कोरियाली अटो कम्पनी “हुण्डाई” ले भारतको तमिलनाडु राज्यमा आफ्नो दीर्घकालीन लगानी योजना घोषणा गरेको छ ।
कम्पनीले आगामी १० वर्षको अवधिमा चरणबद्ध रूपमा २० हजार करोड रुपैयाँ लगानी गरेर विद्युतीय सवारी साधनहरू र वाहन प्लेटफर्मको आधुनिकीकरण गर्नेछ । उक्त लगानीका लागी हुण्डाई मोटर्स ईन्डियाको सिईओ उन्सू किम र गाईडेन्सका सिईओ भी विष्णूबीच तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनको उपस्थितिमा हस्ताक्षर भएको थियो ।
कार्यक्रममा उन्सू किमले तमिलनाडुलाई भारतमा हुन्डाईको विद्युतीय सवारी उत्पादनको आधारको रूपमा विकास र स्थापना गर्ने योजनालाई अन्तिम रूप दिएको बताए । कोरियाली अटो निर्माताले तमिलनाडु सरकारको विद्युतीय गतिशीलतातर्फ राज्यको दिगो प्रणाली निर्माण गर्ने दृष्टिकोणको रणनीतिक साझेदार बन्ने लक्ष्य राखेको छ ।
हुन्डाईले एक लाख ७८ हजार ब्याट्रीहरू जम्मा गर्न वार्षिक क्षमताको ब्याट्री प्याक एसेम्बली इकाई स्थापना गर्नेछ । यस्तै छ वर्षको अवधिमा प्रमुख राजमार्गहरूमा प्रमुख स्थानहरूमा १०० ईभी चार्जिङ स्टेशनहरू स्थापना गर्नेछ । यसमा ५ डुअल अल्ट्रा–फास्ट चार्जिङ स्टेसनहरू सिंगल फास्ट चार्जिङ स्टेशनहरू र ८५ एकल फास्ट चार्जिङ स्टेशनहरू समावेश छन् ।
हुन्डाई मोटर इन्डियाले कुल उत्पादन मात्रालाई वार्षिक ८,५०,००० युनिटमा पु-याउनेछ र श्रीपेरुम्बुदुरमा रहेको आफ्नो कारखानाबाट नयाँ विद्युतीय र आईसीई सवारी साधनहरू उत्पादन गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया