१३ जेष्ठ २०८०, शनिवार

पठान भर्सेस टाइगर : कट्रिना र दीपिका फिल्ममा देखिने पक्का

२०८०,जेष्ठ,११,बिहीवार १७:३१

333
Shares

काठमाडौं । शाहरुख खान र सलमान खान यतिबेला आफ्ना फिल्मका कारण चर्चामा रहेका छन् ।

शाहरुख खानको फिल्म पठान जनवरीमा रिलिज भएको थियो, जसले बक्स अफिसमा धमाका मचाएको थियो। केही दिनअघि मात्रै सलमान खानको फिल्म ‘किसी का भाई किसकी जान’ रिलिज भएको थियो ।

अहिले यी दुवै स्टार आफ्नो आगामी फिल्म पठान भर्सेस टाइगरलाई लिएर चर्चामा छन् । यो फिल्ममा फेरी पनि दुबैको एक्सन अवतार देखिने छ ।

फिल्म पठान भर्सेस टाइगरको सुटिङ जनवरी २४ बाट शुरु हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसअघि कट्रिना सलमानसँग टाइगर फ्रेन्चाइजमा देखा परेकी थिइन् भने दीपिका पछिल्लो पटक शाहरुख खानसँग पठानमा देखिएकी थिइन् । यो चलचित्रमा दुवै नायिकाले पुरानो भूमिकालाई दोहोर्‍याउनेछन् ।

पठान भर्सेस टाइगरको रिलिज मिति भने खुलाइएको छैन तर यो फिल्मलाई लिएर अहिले चर्चा छ ।

प्रकाशित मिति: २०८०,जेष्ठ,११,बिहीवार १७:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निर्माण सम्पन्न भएको पाँच वर्षपछि चलचित्र ‘नीरफूल’ प्रदर्शन हुने भएको छ । शुक्रबार साँझ आयोजित कार्यक्रममा चलचित्रका निर्देशक

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले नियमित रूपमा आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सवलाई यस वर्षदेखि बहुभाषी, सहभागीमूलक र समावेशी बनाउने

काठमाडौं । सभामुख देवराज घिमिरेले विश्वका कुना–कुनामा पुगेका नेपालीभाषी नागरिकहरुलाई आफू रहेकै स्थानमा आफ्नो भाषा, पहिचान र संस्कृतिको संरक्षण र

काठमाडौं । बलिउड सुपरस्टार आमिर खान सुपरहिट फिल्मका लागि चिनिन्छन् । आफ्नो करियरमा उनले एक सय एक ब्लकबस्टर फिल्म दिएका

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११