१३ जेष्ठ २०८०, शनिवार

ईसीबी प्रमुखद्वारा मुद्रास्फीति कम गर्ने प्रतिवद्धता

२०८०,जेष्ठ,११,बिहीवार १६:४७

36
Shares

काठमाडौं । युरोपेली केन्द्रीय बैंक (ईसीबी) का अध्यक्षले युरो क्षेत्रमा बढ्दो मुद्रास्फितिलाई दुई प्रतिशतको लक्ष्यमा झार्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

ईसीबीको २५ औं वार्षिकोत्सवको उपलक्ष्यमा बुधबार फ्रयाङ्कफर्टमा आयोजित एक कार्यक्रममा क्रिस्टिन लेगार्डले भने, “यो बैङ्कका लागि ‘तात्कालिक प्रमुख प्राथमिकता’ हो ।

आफ्नो भाषणमा लेगार्डले युरोको प्रशंसा गर्दै यसलाई युरोपको ‘एकीकरणको इन्जिन’ को रूपमा वर्णन गरेका थिए ।

सन् १९८० को दशकको उत्तरार्धबाट आएको परिवर्तनको ‘तार्किक जवाफ’ एकल मुद्रा भएको बताउँदै उनले युरो क्षेत्र ११ बाट २० सदस्यसम्म विस्तार गरिएको बताए । “युरोले युरोपेलीहरूलाई स्थिरता, सार्वभौमिकता र ऐक्यबद्धता प्रदान गरेको छ ।”

ईयूमा कर्जा सङ्कट आउँदा र ब्रेक्जिटको समयमा एकल मुद्राको परीक्षण गरिएको भए तापनि लेगार्डले भने मानिसहरू अब संस्थाहरूलाई नीतिहरूबाट अलग गर्न सक्षम भएका छन् ।

“उनीहरूले ईसीबीको नीति मन पराउन वा नपराउन सक्छन्, तर उनीहरू प्रायः यूरो क्षेत्रको भाग हुनु सही छनौट हो कि होइन भनेर प्रश्न गर्दैनन्,” उनले भने ।

प्रकाशित मिति: २०८०,जेष्ठ,११,बिहीवार १६:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । युरोपेली जनगणना ब्युरोले जनाएअनुसार गत महिनामा नौ हजार भन्दा बढी अफगान नागरिकहरूले ईयु सदस्य राष्ट्रहरूमा शरणका लागि आवेदन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका लागि चिनियाँ राजदूत झी फेङले शुक्रबार कनेक्टिकटको केन्टमा पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरसँग भेट गरेका

काठमाडौं । उत्तरी चीनको हेबेई प्रान्तको दाचेङ काउन्टीमा शुक्रबार भएको आतिशबाजी विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनाका साथै दुई

टोकियो । जापानको नागानो प्रिफेक्चरको नाकानो नगरसभाका सभामुख मासामिची आओकीका ३१ वर्षीय जेठा छोरा मसानोरी आओकीलाई दुई प्रहरी अधिकारी सहित

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११