रेशम चौधरीलाई आममाफी दिने सरकारको तयारी, राष्ट्रपति कार्यालय पुग्यो फाइल

लोकपथ
91
Shares
फाइल तस्बिर

काठमाडौं । सरकारले टिकापुर हत्या काण्डका दोषी रेशम चौधरीलाई आम माफी दिने तयारी गरेको छ ।

सोही अनुसार सरकारले गणतन्त्र दिवसका अवसरमा कैद रहेका चौधरीलाई आम माफी दिने तयारी गरेको हो ।

सोही अनुसार गृहमन्त्रालयले कारबाही मिना गर्नेसम्बन्धी फाइल राष्ट्रपति कार्यालय शीतल निवास पुगेको राष्ट्रपति कार्यालय निकट स्रोतले जानकारी दियो । स्रोतका अनुसार गृहमन्त्रालयले सो फाइल राष्ट्रपति कार्यालय पठाएको हो ।

प्राप्त फाइलमा राष्ट्रपति कार्यालयले अध्ययन गरिरहेको छ ।

२०७२ सालमा कैलालीको टिकापुरमा भएको आन्दोलनका क्रममा प्रहरीसहित दर्जनौँ व्यक्तिको हत्या भएको थियो । सोही प्रकरणमा पक्राउ परेका उनलाई सर्वोच्चले दोषी ठहर गर्दै १५ वर्ष जेल सजाय सुनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?