के कारण भाँचियो यात्रीको च्यासिस ? यसो भन्छन् कम्पनीका प्राविधिक निर्देशक (भिडियाे अन्तर्वार्ता)

लोकपथ
117
Shares

काठमाडाैं । नेपाली उत्पादनको पहिलो विद्युतीय मोटरसाइकल ‘यात्री’को च्यासिस भाँचिएसँगै बजारमा तरंग ल्यायो । गत सोमबार उक्त मोटरसाइकलको च्यासिस भाँचिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै यसले आमचासो बढाएको हो ।

सडकदेखि संसदसम्म चर्चा पाएको यात्रीको च्यासिस भाँचिएसँगै विविध खाले प्रतिक्रिया पाइरहेको छ । यद्यपि, उक्त मोटरसाइकल प्राविधिक परीक्षणका क्रममा च्यासिस भाँचिएको कम्पनी प्रष्टिकरण दिइसकेको छ ।

केही पार्टसहरु विदेशबाट आयात गरी डिजाइनसहित आफैंले च्यासिस उत्पादन गरी मोटरसाइकल बनाएको यात्रीको च्यासिस् नै भाँच्चिएपछि सुरक्षामाथि प्रश्न भने उठेको छ ।

यातायात व्यवस्था विभागले एकसाता अघिमात्र यात्रीलाई दर्ता बाटो खुला गरेको थियो । लामो समयदेखि दर्ता प्रक्रियामा कानुनी झमेला व्यहोरेको यात्रीले एउटा मोटरसाइकल बागमती प्रदेश यातायात कार्यालयमा दर्तासमेत गराइसकेको कम्पनीका प्राविधिक निर्देशक ठाकुर पौडेल बताउँछन् ।

यात्रीले यही दर्ता झमेलाकै कारण विगत ८ महिनायता मोटरसाइकल उत्पादन रोकेको छ । कानुनी रुपमै दर्ता प्रक्रिय सुल्झिएपछि अब केही साताभित्रै मोटरसाइकल उत्पादन शुरु गर्ने पौडेलले जानकारी दिए ।

५ वर्ष अघि काठमाडौंको बुढानिलकण्ठमा स्थापित यात्री डिजिटल स्टुडियो प्रा.लिले हालसम्म ८० भन्दा बढी मोटरसाइकल उत्पादन गरिसकेको छ । जसमध्ये ७२ वटा मोटरसाइकल बिक्री भइसकेको पौडेलले लोकपथसँगको कुराकानीका क्रममा बताए ।

प्रस्तुत छ, पौडेलसँग यात्री मोटरसाइकलमाथि केन्द्रीत रहेर लोकपथकर्मी महेश तिमल्सिनाले गरेको भिडियो कुराकानी :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?