भारतीय विदेशमन्त्री र नेपाली राजदूत शर्माबीच भेटवार्ता

लोकपथ
91
Shares

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर र भारतका लागि नेपाली राजदूत डा शंकर शर्माबीच भेटवार्ता भएको छ ।

शर्मा विदेशमन्त्री जयशंकरलाई भेट्न बिहीबार बिहान पुगेका थिए ।

‘सो क्रममा दुई देशबीचको गहिरो र बहुपक्षीय साझेदारीको बारेमा छलफल भएको भारतीय विदेशमन्त्री जयशंकरले ट्वीटरमार्फत जानकारी दिएका छन् । आगामी दिनमा यसलाई थप विस्तार गर्न दुबै पक्ष सकारात्मक बनेका छन् ।

‘आज बिहान नेपालका राजदूत डा शंकर शर्मालाई पाउँदा खुसी लाग्यो। हाबीबीच गहिरो र बहुपक्षीय साझेदारीको बारेमा छलफल भयो। आगामी दिनमा यसलाई थप विस्तार गर्ने प्रतिबद्ध छौँ’, जयशंकरले ट्वीटरमार्फत भनेका छन् ।

प्रधानमन्त्री प्रचण्डले निकट भविष्यमै भारत भ्रमण गर्न लागेको बेला राजदूत भारतीय विदेश सचिव भेट्न पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?