कांग्रेस रुपान्तरण अभियान मधेश प्रदेशको जनकपुरबाट शुरु

लोकपथ
273
Shares

काठमाडौं । नेपाली कांग्रेस रूपान्तरण अभियान आज मधेश प्रदेशको जनकपुरबाट शुरु भएको छ ।

कांग्रेसको संस्थापन इतर पक्षीय तेस्रो पुस्ताका नेताहरूले थालेको अभियानमा पार्टीभित्र देखिएका कमी कमजोरी, विकृति विसङ्गति अन्त्यलाई मुख्य एजेन्डा बनाइएको छ।

कांग्रेस नेता जगदिश्वरनरसिंह केसीका अनुसार अभियानका क्रममा पार्टीमा व्यापक सुधार, परिवर्तन र आमूल रूपान्तरणको लागि सातै प्रदेशमा वृहत् भेला र अन्तरक्रिया गरिने छ ।यो अभियानले कांग्रेसलाई बलियो, सशक्त र सुदृढ बनाउनुका साथै पार्टीमा नयाँ आशा,कार्यकर्तामा नयाँ भरोसा र आम जनतामा नयाँ विश्वास जगाउने उनले बताए ।

प्रदेश भेलामा केन्द्रीय सदस्यहरु मधु आचार्य, जगदिश्वरनरसिंह केसी, चन्द्रमोहन यादव, नेताहरू गुरूराज घिमिरे, लक्ष्मणलाल राय यादव, भूपेन्द्रजंग शाही, रञ्जित कर्ण,, डिल्ली सुवेदी, युवराज पाण्डे, सुवास पोखरेल, जिप्छी यादव, श्याम पटेल, देवराज चालिसे, विष्णुदेवी पाण्डे, नरेश यादव उपस्थित छन्।

यस्तै नरेन्द्र नेम्वाङ, बंशीलाल तामाङ, उज्वल बराल, विनोद कायस्थ, कौशलराय यादव, धर्मेन्द्र नेम्वाङ, विनोद खनाल, सुवास लोहनी, दिनेश यादव, चिरञ्जीवि हमाल, उमेश मिश्र, कृश्र सिंह, राजेश रौनियार, सैलेन्द्र यादव, मनोजा चौधरी, पिन्टु सिंह, विनोद खनाललगायत पनि भेलामा उपस्थित छन्।

यस्तै जेठ १६ मा बागमती प्रदेशको काठमाडौं, जेठ २० मा गण्डकी प्रदेशको पोखरा र जेठ २२ मा लुम्बिनी प्रदेशको दाङ प्रदेशस्तरीय भेला हुनेछ । जेठ २४ मा कर्णाली प्रदेशको सुर्खेत, जेठ २६ मा सुदूरपश्चिम प्रदेशको धनगढी र जेठ २९ मा कोशी प्रदेशको इटहरीमा प्रदेशस्तरीय भेला हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?