१५ मङ्सिर २०७८, बुधबार

टिकट नपाएकोमा सिटौलासमेत असन्तुष्ट

२०७४,कार्तिक,८,बुधबार ०१:३३

0
Shares

निर्वाचन आयोगमा दर्ता भएको समानुपातिक उम्मेदवारको सूचीमा परिसकेका कांग्रेस पूर्वमहामन्त्री कृष्ण सिटौलाले झापा ३ बाटै निर्वाचन लड्ने घोषणा गरेका छन् । सोमबार झापा पुगेका उनले नेता कार्यकर्तासँग भने, ‘मसँग सल्लाह नै नगरी मेरो नाम समानुपातिकमा पठाइएको छ, तर म झापा–३ बाटै निर्वाचन लड्छु ।’ कार्यकर्ताले समानुपातिकमै जान आग्रह गरे आफूलाई मान्य हुने पनि उनले बताएका छन्, नयाँ पत्रिकामा खबर छ ।एमाले र माओवादी केन्द्रले वाम गठबन्धन बनाएपछि कांग्रेसले राप्रपासँग मिलेर बलियो गठबन्धन बनाउन खोजेको छ । त्यसकै चेपुवामा सिटौलाजस्ता शीर्ष नेता पनि परेका छन् । गत संविधानसभा निर्वाचनमा सिटौलासँगै पराजित राप्रपाका राजेन्द्र लिङ्देनका लागि सिट छोड्न कांग्रेस तयार भएको छ ।कांग्रेसले गत संविधानसभामा झापामा चार क्षेत्र जितेको थियो । एमालेको पकड भएको झापामा सिटौलाजस्ता प्रभावशाली नेता चुनावमा नजाँदा यसको फाइदा वाम गठबन्धनलाई हुन्छ, कांग्रेस कार्यकर्ताको मनोबल गिर्छ भन्नेहरूले पनि सिटौलालाई प्रत्यक्षमै उठ्न सुझाब दिइरहेका छन् ।

प्रकाशित मिति: २०७४,कार्तिक,८,बुधबार ०१:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

President Donald Trump said Wednesday the federal government will not be extending its coronavirus social distancing guidelines once they expire

No negative impact has been seen in the local people’s health and the environment around Sisdol area, the waste dumping

The Beni-Jomsom road that connects the trans-Himalayan district of Mustang with the rest of the country has been opened for

Minister for Communications and Information Technology, Gokul Prasad Banskota, has said a person from the ruling party itself would become

ताजा समाचार

जुम्लामा बस दुर्घटना : दुई जनाको मृत्यु
 २०७८,मङ्सिर,१५,बुधबार १०:५२
सिरी ए फुटबल : युभेन्टस विजयी
 २०७८,मङ्सिर,१५,बुधबार १०:४१