पटकपटक अवरुद्ध भएपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक आगामी माघ ११ गतेसम्मको लागि स्थगित भएको छ । 

मंगलवार दिउँसो तीन बजेको लागि बोलाइएको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण पटक–पटक स्थगित भएकोमा मंगलवार साँझ ५ः४० मा सभामुख कृष्णबहादुर महराले अर्को बैठक माघ ११ गते शुक्रवार दिउँसो १ बजेसम्मको लागि स्थगित भएको बताए ।  

दोस्रो पटक १५ मिनेटपछि बस्ने गरी स्थगित गरिएको बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक स्थगित भएको संघीय संसदको महासचिव मनोहरप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?