गृहमन्त्री श्रेष्ठले भने- ‘बयानकै आधारमा कसैलाई पक्राउ गर्न मिल्दैन’

लोकपथ
84
Shares
sf7df8f}F, % j}zfvM kqsf/ kl/rofTds e]63f6 sfo{qmd pkk|wfgdGqL tyf u[xdGqL gf/fo0fsfhL >]i7 dGqfnodf dªunaf/ cfof]lht kqsf/ kl/rofTds e]63f6 sfo{qmddf dGtJo JoQm ug'{x’Fb} . .tl:a/ M xl//fd e]6’jfn÷/f;;

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कसैले बयान दिएकै आधारमा मुद्दा चलाउन नमिल्ने बताएका छन् ।

बिहीबार नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई निष्पक्ष कारबाहीको माग गर्र्दै बुझाएको ज्ञापनपत्र बुझाउँदै सो कुरा बताएका हुन् ।

युवा संघका पदाधिकारीहरुसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले आफूले प्रहरीलाई भनिसकेको कारण कोही दोषी नउम्किने बताए ।
‘मैले नेपाल प्रहरीलाई निष्पक्ष रूपमा काम गर्न भनिसकेको छु । राजनीतिक प्रभाव र अवाञ्छित दबाबबाट मुक्त भएर स्वतन्त्र रूपमा छानबिन हुन्छ । एउटाले बयान दिएकै आधारमा मुद्दा चलाउन मिल्दैन कि भनेर अरु प्रमाण पनि खोज्ने प्रयासमा प्रहरी छ । एउटा कसैले भनिदियो भन्दैमा पक्राउ गर्न मिल्दैन,’ गृहमन्त्री श्रेष्ठले भने ।

आफ्ना नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कामले देशकै शीर निहुरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?