गृहमन्त्री नबन्न सभामुख महरालाई कांग्रेसको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख कृष्णबहादुर महरालाई गृहमन्त्री नबन्न चेतावनी दिएको छ । 

कांग्रेसका पूर्व सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएका अस्पताल कुन निकायले सञ्चालन गर्ने भन्ने सरकारले स्पष्ट पार्नुपर्ने अडान लिदै आएको कांग्रेसले आज (मंगलवार)को बैठक पनि अवरुद्ध गरेको हो ।   

बैठकमा कांग्रेस सांसदहरुले रोष्टममा जान खोज्दा मर्यादापालकहरुले बीचमा रोक्ने प्रयास गरेका थिए । 

मन्त्रीलाई रोष्टममा बोलाउन मिल्ने गरी मर्यादापालकले कांग्रेस सांसदहरुलाई रोक्ने प्रयास गरेपछि कांग्रेस सांसदहरु मिनेन्द्र रिजाल, अमरेशकुमार सिंह, गगन थापालगायत आक्रामक बनेका थिए ।

सभामुखलाई प्रश्न गर्दै कांग्रेस सांसद मिनेन्द्र रिजालले भने, ‘यसरी संसद चलाउने दुश्प्रयास नगर्नुस्, तपाई गृहमन्त्री होइन ?’

सभामुखप्रति आक्रामक बनेका उनीहरुले संसद बैठकमा सरकारले चर्को आलोचना समेत गरेका थिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?