WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।
आज मिति २०७५ साल माघ ८ गते मंगलवार देश–विदेशमा के–के घटना भए ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र थाहा पाउनुहोस् ५ मिनेटमा देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा LOKPATH TV सब्स्क्राईब गर्न नबिर्सनुहोस् :–
१. प्रचण्डको पुरै परिवार बिरामी, भएको के हो ? : नेपाल कम्युनिष्ट पार्टीका (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित उनको परिवारका सबै सदस्य अस्वस्थ भएका छन् । ज्वरो र खोकीले सिकिस्त भएपछि आइतबार बिहान प्रचण्डपत्नी सीता दाहाललाई सुमेरु अस्पतालमा भर्ना गरिएको बेला प्रचण्डसहित उनको परिवारनै भाइरल ज्वरोबाट प्रभावित भएका हुन् ।
२. संसदमा तनाव, बैठक स्थगित : प्रतिनिधिसभा बैठक आगामी माघ ११ गतेसम्मको लागि स्थगित भएको छ । मंगलवार दिउँसो तीन बजेको लागि बोलाइएको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण पटक–पटक स्थगित भएकोमा मंगलवार साँझ ५ः४० मा सभामुख कृष्णबहादुर महराले अर्को बैठक माघ ११ गते शुक्रवार दिउँसो १ बजेसम्मको लागि स्थगित भएको बताए ।
३. प्रस्तावित तीन राजदूतको नाम संसदीय सुनुवाईबाट सर्वसम्मत अनुमोदन : मंगलबार बसेका संसदको संसदीय सुनुवाई समितिको बैठकले प्रस्तावित तीन राजदूतको नाम अनुमोदन गरेको छ । कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, क्यानडाका लागि भृगु ढुंगाना र संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधिमा मणिप्रसाद भट्टराईको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।
४. भुकम्पको धक्का : काठमाडौंमा आज भुकम्पको धक्का महसुस गरिएको छ । काठमाडौं केन्द्रविन्दु भएर ३ दशमलब ३ रेक्टरको भूकम्प गएको हो । आज विहान ११ बजेर ३६ मिनेट जाँदा भुकम्पको धक्का महसुस गरिएको हो ।
५. मेलम्चीको काम अघि बढाउने एडीबीसँग सहमति : कीर्तिपुर स्थित चोभारमा प्रधानमन्त्री केपी शर्मा ओलिले सुख्खा बन्दरगाहको सिलान्याश गरेपछी एक स्थानियले सहसचिवलाई ‘गुरिल्ला युद्ध’ गर्ने धम्की दिएका छन् । बन्दरगाह अध्ययन समितीको संयोजक समेत रहेका उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयका सह(सचिव रवि शंकर सैंजुलाई मोबाइलमा म्यासेज गर्दै त्यस्तो धम्कि दिने स्थानिय विष्णु फुयाँल शर्मा लाई प्रहरीले पक्राउ गरेको छ ।
६.एन्फा भ्रष्टाचारः खेलकुद मन्त्रालयद्वारा तीन सदस्यीय छानबिन समिती गठन : युवा तथा खेलकुद मन्त्रालयले ‘एन्फा’ भित्र भएको भ्रष्टाचार र आर्थिक अनियमितताको छानबिन गर्न समिति गठन गरेको छ । खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ ‘एन्फा’का वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाको नेतृत्वमा रहेको टिमले चुनावका बेला व्यापक रुपमा गरेको भ्रष्टाचार र आर्थिक अनियमितताको छानबिन गर्न समिती गठन गरेको हो ।
७. डा.केसीले पठाए भिडियो सन्देश, सांसदसँग गरे यस्तो अपील : डा. गोविन्द केसीले प्रतिनिधि सभाका सदस्यलाई चिकित्सा शिक्षा विधेयक जनतामुखी बनाउन अनुरोध गरेका छन् । त्रिवि शिक्षण अस्पतालको वार्डबाटै उनले भिडियोमार्फत् उक्त सन्देश दिएका हुन् । भिडियोमा बोल्दै उनले विधेयक माफियामुखी भएको आरोप लगाएका छन् ।
८.डा.केसीको स्वास्थ्यमा सुधार, त्रि.विको वार्डबाट अस्पतालकै गणेशमान सिंह भवनमा सारियो : अनसनरत प्रा.डा. गोविन्द केसीलाई त्रि.वि शिक्षण अस्पतालको वार्डबाट अस्पतालकै गणेशमान सिंह भवनमा सारिएको छ । स्वास्थ्य अवस्था सामान्य बन्दै गएपछि डा. केसीलाई अहिले नाँक, काँन, घाँटी विभागमा सारिएको हो । सो विभागमा डा. केसीले अघिल्लो अनसन पनि बस्दै आईरहेका थिए ।
९. माथिल्लो रावाखोला साना जलविद्युतको काम २० प्रतिशत मात्र बाँकी, असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य : खोटाङमा निर्माणाधिन माथिल्लो रावाखोला साना जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सकिएको छ । खोटाङको केपिलासगढी गाउँपालिकाको सुङ्देलबाट उत्पादन गर्न लागिएको उक्त साना जलविद्युत् आयोजनाको काम २० प्रतिशत मात्र बाँकी रहेको जनाएको छ ।
१०. काठमाडौँको ३० वर्ष पुरानो कमल नेत्र छुनामुना स्कुल, यस्तो छ अभिभावकले माया गर्नुको कारण : काठमाडौं पुरानो बानेश्वरस्थित भिमसेनगोलामा रहेको कमन नेत्र छुनामुना हायर सेकेण्डरी स्कुलमा चार सय जना विद्यार्थी अध्ययन गर्छन् । काठमाडौंको मुटुमा रहेको यस स्कुल तीस वर्ष अघि लोटस टाइनेटरका नाममा स्थापना भएको थियो । ३० वर्षे यात्रा सफलतापूर्वक सम्पन्न गरिसकेको स्कुलले केटाकेटीहरु कमलको फूल र नयन हुन् भन्ने अर्थले विद्यालयको नामाकरण नै कमलको फूलबाट गरेको छ, भन्नुहुन्छ स्कुलका प्रिन्सिपल ज्ञानेद्र भट्टराई ।
११. दक्षिण कोरियाको आर्थिक वृद्धिदर ६ वर्षयता सबैभन्दा कम : दक्षिण कोरियाको आर्थिक वृद्धिदर सन् २०१८ मा २ दशमलब ७ प्रतिशत रहेको बैंक अफ कोरियाले जनाएको छ । यो वृद्धि विगत ६ वर्ष यताकै सबैभन्दा कम हो । एसियाकै चौथो ठूलो अर्थतन्त्र रहेको दक्षिण कोरियाको सन् २०१७ मा आर्थिक वृद्धिदर ३ दशमलब १ प्रतिशत थियो । सन् २०१२ यता यो सबैभन्दा कम वृद्धि हो । सन् २०१२ मा आर्थिक वृद्धिदर २ दशलमब ३ प्रतिशत थियो ।
१२.नेपाल धितोपत्र बोर्डद्वारा जनता बैंकलाई मर्चेन्ट बैंकर सञ्चालन गर्न अनुमति : नेपाल धितोपत्र बोर्डले जनता बैंक नेपाललाई धितोपत्र व्यवसायी ‘मर्चेन्ट बैंकर’ सञ्चालन गर्न अनुमति दिएको छ। धितोपत्र बोर्डले जनता बैंकलाई धितोपत्र सम्बन्धि ऐन तथा सो अन्तर्गत बनेका नियम, निर्देशिकाको अधिनमा रही मर्चेन्ट बैंकरको रुपमा काम गर्न अनुमति जनाएको छ ।
१३. सडकमा फोहोर फाल्नेलाई ५० हजार रुपैयाँ जरिवाना : काठमाडौं महानगरपालिकाले बिस्कुट, चाउचाउ, चक्लेट, गुट्खा, चुरोटको खोल लगायतका फोहोर सडकमा फाल्ने माथि कारवाही शुरुगर्ने भएको छ ।महानगरपालिकाले घर, पसलबाट फोहोर र फूटपाथमा हिड्ने बटुवाहरुबाट सडक तथा सार्वजनिक स्थानमा निगरानी पनि बढाएको छ ।
१४. युएईविरुद्धको क्रिकेट सिरिजमा जित्न हात पार्नेमा आशावादी कप्तान पारस : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले संयुक्त अरब इमिरेट्सविरुद्धको खेलमा जित हात पार्नेमा आशावादी रहेको बताएका छन् । कप्तान खड्काले युएईविरुद्धको एकदिवसीय क्रिकेट र टी–ट्वान्टी क्रिकेट सिरिज खेल्न जानु अगाडि यस्तो धारणा राखेका हुन् । साथै उनले युएईविरुद्ध खेल खेल्न सबै खेलाडी आतुर रहेको पनि बताए ।
१५. संसद अगाडी कसले गर्यो प्रदर्शन ? २१ जना प्रहरी नियन्त्रणमा : मानव अधिकार तथा शान्ति समाजले संघीय संसद भवन अगाडि धर्ना प्रदर्शन गरेको छ । मंगलवार दिउँसो संसदलाई ढाट्ने मन्त्री रविन्द्र अधिकारीलाई मन्त्री पदबाट बर्खास्त गर्न, वाइड बडी जहाज खरिद भ्रष्टाचारमा संलग्न मूल दोषीहरुलाई कारबाही गर्न र सत्याग्रही डा. गोविन्द केसीसँग सरकारले गरेका पूर्व सहमतिहरु कार्यान्वयन गर्न आग्रहसहित मानव अधिकार समाजले संसद भवन अगाडि धर्ना प्रदर्शन गरेको हो ।
१६. अचानक परेको भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित : सोमबार रातिदेखि अचानक परेको भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ । हुम्लामा सोमबार रातिदेखि हिमपात हुनुका साथै हुरी चलिरहेको छ । हिमपातले सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या बनाएको छ । हिमपात हुन थालेपछि स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ ।
१७. चक्रव्यूहमा नेकपा कार्यदल, तीन गुट, तीनथरी कुरा : राजस्व अनुसन्धान कार्यालय बुटवलले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कूल १ अर्व ३५ करोड ३० लाख ३० हजार ८ सय २४ सजाय माग दाबि गरी विभिन्न जिल्ला अदालतमा १२ वटा फर्म तथा कम्पनी र २४ जना व्यक्तिलाई मुद्दा दायर गरेको छ । राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा (२) (६ १) बमोजिम बिगो कायम गरी प्रतिवादीहरूलाई बिगो बापतको रकम असुल गरी सोही ऐनको दफा २३ (१) बमोजिम बिगोको दोब्बरसम्म जरिबाना र तीन वर्ष सम्म कैद सजाय मागदावी गरी मुद्दा दायर गरिएको हो ।
१८. स्वाइन फ्लुको संक्रमणबाट बिरामी ज्यानै जान थाल्यो : राजधानीमा दुई महिनमा डेढ सयभन्दा बढी व्यक्तिमा स्वाइन फ्लु देखिएको छ । चिकित्सकीय भाषामा यसलाई मौसमी इन्फ्लुएन्जा (रुघाखोकी) अन्तर्गत रहेको ‘इन्फ्लुएन्जा एएच१ए१न’ भनिन्छ । चिकित्सकहरुले सरकारी तथ्याङ्कभन्दा वास्तविक स्थिति झन जटिल रहेको दाबी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया