काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधका कारण संघीय संसदको प्रतिनिधिसभा बैठक फेरि बिथोलिएको छ ।
सभामुख कृष्ण बहादुर बहराले मंगलबार पहिलोपट १५ मिनेटको लागि स्थगित गरेको संसद बैठक कांग्रेस सांसदले बिथोलेपछि फेरि १५ मिनेटकै लागि स्थगित गरिएको छ ।
दोस्रो बैठक प्रारम्भ हुनासाथ सभामुख महराले शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई चिकित्सा राष्ट्रिय शिक्षा विधेयक–२०७५ पेश गर्न अनुमति दिएलगत्तै कांग्रेस सांसदहरुले उठेर घेराबन्दी थालेका थिए ।
त्यसपछि शिक्षामन्त्री पोडियमतर्फ अघि बढ्दै गर्दा कांग्रेस सांसदले घेरा हालेर रोकेका थिए भने निरन्तर नाराबाजीमा उत्रिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया