काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी मधेस प्रदेश सरकारमा सहभागी हुने भएको छ । लोसपाले मधेस प्रदेशमा वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाने भएसँगै सरकारमा सहभागी हुने भएको हो ।
थप मन्त्रालयको बारेमा छलफल भइरहेको भएपनि अहिलेलाई वन तथा वातावरण मन्त्रालयलिएर लोसपा सरकारमा सहभागी भएको हो ।
लोसपाबाट रमेश पटेलले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी लिएका छन् । लोसपाले मधेस प्रदेशमा दुईवटा मन्त्रालय माग गरिरहेको छ ।