१३ जेष्ठ २०८०, शनिवार

नुवाकोटका सामुदायीक विद्यालयमा पुग्यो ‘आदिइत्यादि’

२०८०,जेष्ठ,११,बिहीवार १२:४३

990
Shares

काठमाडौं । नुवाकोटको पञ्चकन्या गाउँपालिकाको आयोजनामा आदिइत्यादिको प्रस्तुति रहेको चेतनामूलक सडकनाटक सङ्कल्प प्रदर्शन गरिएको छ ।

जेठ ७ गतेबाट प्रदर्शन शुरु गरिएको नाटक जेठ १० गतेसम्म गाउँपालिका भित्रका विभिन्न सामुदायीक विद्यालयहरुमा प्रदर्शन गरिएको हो ।

‘विद्यालय, अभिभावक, शिक्षक र विद्यार्थी भनेको शिक्षा क्षेत्रका चार खम्बाहरु हुन् यी चारवटा मध्य एउटा खम्बा मात्रै कमजोर भयो भने पनि हामीले गुणस्तरीय शिक्षा प्रदान गर्न सक्दैनौँ ।’ गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ्ले नाटक हेरि सके पछि प्रतिकृया दिँदै भने, ‘हामी शिक्षाको गुणस्तर बढाउन प्रतिवद्ध छौँ साथसाथै बिभिन्न जनतेचनामूलक कार्यक्रमहरु पनि सञ्चालन गरिरहेका छौँ । विद्यार्थीले राम्रो पढ्न पर्यो । शिक्षकले राम्रो पढाउन पर्यो । अभिभावकले पनि आफ्ना छोराछोरीको पढाई, आचरण लगायतका विषयमा बुझ्न नियमित विद्यालयमा जानु पर्यो । विद्यालयको भौतिक संरचनामा पनि हामीले ध्यान दिन जरुरी छ ।’

नाटकको प्रभाव राम्रो भएको भन्दै उहाँले कलाकारहरुको तरिफ समेत गरे र आगामी दिनहरुमा पनि आदिइत्यादिसँग सहकार्य गरेर अन्य कार्यक्रम बनाउने प्रतिवद्धता जनाए ।

नाटकका बारेमा आफ्ना धारण राख्दै उपाध्यक्ष विमला केसीले भनिन्, ‘हामीले शिक्षाका क्षेत्रमा रहेका धेरै विकृतिहरु पन्छाउन पर्ने कुरामा जोड दिनु भयो । हामी हाम्रा छोराछोरीलाई निजी स्कुलमा भर्ना गर्दैमा पढाइ राम्रो हुन्छ भन्ने मान्यता राख्छौँ त्यो गलत हो । मेहनत गर्ने हो भने सामुदायीक विद्यालयहरुले पनि उत्कृष्ट नतिजा दिन सक्छन् भन्ने सन्देश पनि नाटकले दिएको छ ।’

पञ्चकन्या गाउँपालिकाको प्रमुख कार्यकारी अधिकृत राममणि काफ्लेले संक्षिप्त प्रतिकृया दिँदै समग्रमा नाटक प्रदर्शनको प्रतिकृया एकदम राम्रो आएको जानकारी आफूले पाएको र नाटक विद्यालय, अभिभावक, शिक्षक र विद्यार्थीका लागि उपब्धीमूलक रहेको रहेको बताए ।

नाटक हेर्न अभिभावकहरुको बाक्लो उपस्थिती रहेको थियो भने विभिन्न वडाध्यक्षहरुको पनि उपस्थिति रहेको थियो । नवसञ्जिवनी मा वि आँप्रहमा नाटक हरेर आफ्नो प्रतिकृया दिँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद मिश्रले नाटकले हाम्रो समाजको अहिलेको एउटा तस्विर देखाएको छ । हामीले सुधार गर्न पर्ने कुराहरु धेरै छन् । कमजोरीहरुलाई सधारेर अगाडि बढ्ने हो भने हामीले उपलब्धी हासिल गर्न पनि सक्छौँ । गाउँपालिकाले गरेको यो सुरुवातमा हामी सबैले सहयोग गर्न आवश्यक रहेको पनि उनले बताए ।

पुरु लम्सालको लेखन तथा निर्देशन रहेको नाटक सङ्कल्प प्रदर्शनको समन्वय पञ्चकन्या गाउँपालिकाका शिक्षा शाखाका सहायक निरन्जन तिवारीले गरेका थिए ।

नाटकमा सुशीलसिंह ठकुरी, अनामिका लामिछाने, दीपमाला परियार, शान्ति भट्टराई, रविन दोङ्, गंगा मगर र प्रज्ज्वल अधिकारीको अभिनय रहेको थियो ।

प्रकाशित मिति: २०८०,जेष्ठ,११,बिहीवार १२:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निर्माण सम्पन्न भएको पाँच वर्षपछि चलचित्र ‘नीरफूल’ प्रदर्शन हुने भएको छ । शुक्रबार साँझ आयोजित कार्यक्रममा चलचित्रका निर्देशक

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले नियमित रूपमा आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सवलाई यस वर्षदेखि बहुभाषी, सहभागीमूलक र समावेशी बनाउने

काठमाडौं । सभामुख देवराज घिमिरेले विश्वका कुना–कुनामा पुगेका नेपालीभाषी नागरिकहरुलाई आफू रहेकै स्थानमा आफ्नो भाषा, पहिचान र संस्कृतिको संरक्षण र

काठमाडौं । शाहरुख खान र सलमान खान यतिबेला आफ्ना फिल्मका कारण चर्चामा रहेका छन् । शाहरुख खानको फिल्म पठान जनवरीमा

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११