कांग्रेस बागमती प्रदेश संसदीय दलको सचिवमा कृष्णकुमार तामाङ मनोनित

लोकपथ
119
Shares

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको सचिवमा प्रदेश सभा सदस्य कृष्णकुमार तामाङ ‘समीर’ मनोनित भएका छन् । बुधबार नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले तामाङलाई सचिवमा मनोनयन गरेका हुन् ।

लामाले उनलाई नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलको विधान २०७४ बमोजिम मनोनयन गरेका हुन् । लामा गत मंसिरमा भएको निर्वाचनमा सिन्धुपाल्चोक–२ प्रदेश सभा ‘ख’ बाट निर्वाचित भएका थिए ।

संसदीय दलको सचिवमा नियुक्त भएसँगै लामाले पार्टीको नीति, सिद्धान्त र विधान बमोजिम आफ्नो काम, कर्तव्य र अधिकार इमान्दारीपूर्वक पूरा गर्ने बताएका छन् । ‘मलाई पार्टीले जुन जिम्मेवारी दिएको छ, त्यसले निकै हर्षित छु,’ उनले भने, ‘पार्टीले म’माथि गरेको विश्वासलाई डगमगाउन दिने छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?