प्रस्तावित तीन राजदूतको नाम संसदीय सुनुवाईबाट सर्वसम्मत अनुमोदन

काठमाडौं । मंगलबार बसेका संसदको संसदीय सुनुवाई समितिको बैठकले प्रस्तावित तीन राजदूतको नाम अनुमोदन गरेको छ ।

कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, क्यानडाका लागि भृगु ढुंगाना र संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधिमा मणिप्रसाद भट्टराईको नाम सर्वसम्मत अनुमोदन गरेको हो । 

अब उनीहरुलाई सम्बन्धित देशको एग्रिमो आएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?