संसदमा तनाव, १५ मिनेटका लागि बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । मंगलवार तीन बजेको लागि बैठक बोलाइएको थियो । 

बैठक शुरु हुनासाथ कांग्रेस सांसदहरु उठेर विरोध जनाएका थिए । 

कांग्रेस सांसदहरुले उठेर विरोध जनाएपछि बैठक १५ मिनेटको लागि स्थगित गरिएको हो । 

कांग्रेसले आफ्नो माग सम्बोधन नभएसम्म बैठक चल्न नलिने चेतावनी दिँदै आएको छ । 

कांग्रेसका पूर्व सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएका अस्पताल कुन निकायले सञ्चालन गर्ने भन्ने सरकारले स्पष्ट पार्नुपर्ने  अडान लिदै आएको कांग्रेसले आजको बैठक पनि चल्न दिएको छैन ।  

अहिले प्रदेश सरकार पूर्ण अधिकार सम्पन्न भई नसकेकोले दुवै अस्पताल केन्द्र सरकारकै मातहतमा हुनुपर्ने कांग्रेसको माग छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?