सर्वोच्चमा दर्ता भएको मुद्दाको विषयमा रविले भने– ‘…इरिटेट गर्नुको पनि सीमा हुन्छ नी’

लोकपथ
35
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु अलग विषय हो भन्दै आक्रोश व्यक्त गरेका छन् ।

आफूले अमेरिकी नागरिकता त्यागेको निस्सा जिल्ला प्रशासन कार्यलयमा बुझाए पनि अझै सोही विषय खोतलिएकोप्रति लक्षित गर्दै सो कुरा बताए ।

सर्वोच्च अदालतले गत माघद्द १३ गतेको फैसलाले अमेरिकी नागरिकता परित्याग गरेको स्पष्ट पारेको बताए । त्यस्तै सर्वोच्चको आदेश बमोजिम आफूले गत जेठ ९ गते नै अमेरिकी राहदानीको सक्कल निस्सा अदालतमा बुझाएको र यसअघि २०७५ सालमै अध्यागमनलाई सक्कल बमोजिम नक्कल बुझाएको बताए ।

उनीविरुद्ध यसअघि दरपीठ भएको रिट बुधबार सर्वोच्चमा दर्ता भएको छ ।

सोही विषयमा सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ। सर्वोच्च अदालतको मिती २०७९/१०/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य confirm गरेको छ। अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको छु । अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/ ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएं। टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिए। घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?