काठमाडौं । प्रतिनिधिसभा बैठकमा सरकारले आज पनि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची तय गरेको छ ।
मंगलवार दिउँसो ३ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाएको संसद सचिवालयले जानकारी दिएको हो ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको अवरोधका कारण हिजाको बैठक स्थगित भएको थियो । हिजोको बैठकका लागि तय कार्यसूचीलाई नै आज पनि निरन्तरता दिन लागेको सचिवालयले जनाएको छ ।
त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीको अनसनकैबीच सरकारले चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ ।
चिकित्सा शिक्षा विधेयक पारितसँगै लोकसेवा आयोग विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी, कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय विधेयक, विशेष आर्थिक क्षेत्र पहिलो संसोधन विधेयक र भूउपयोग विधेयक टेवल गर्ने कार्यसूची रहेको सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिए ।
त्यस्तै कांग्रेसले भने आफ्नो माग सम्बोधन नभएसम्म बैठक चल्न नदिने चेतावनी दिँदै आएको छ । कांग्रेसका पूर्व सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएका अस्पताल कुन निकायले सञ्चालन गर्ने भन्ने सरकारले स्पष्ट पानुपर्ने अडान लिएको आएको कांग्रेसले आजको बैठक पनि चल्न नदिने बताएको छ ।
अहिले प्रदेश सरकार पूर्ण अधिकार सम्पन्न भई नसकेकाले दुवै अस्पताल केन्द्र सरकारकै मातहतमा हुनुपर्ने कांग्रेसको माग छ ।
यसैगरी डा. गोविन्द केसीले उठाएका माग तत्काल सम्बोधन गर्नुपर्ने पनि कांग्रेसले अडान लिएको छ ।
कांग्रेसले सोमवार बस्ने संघीय संसदका दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अवरुद्ध गरेको थियो ।
प्रतिनिधिसभा बैठक आज दिउँसो ३ बजेसम्मको लागि स्थगित भएको थियो भने राष्ट्रियसभा बैठक माघ १४ गतेसम्मको लागि स्थगित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया