१३ जेष्ठ २०८०, शनिवार

महिला भलिबल : काजकिस्तानले उज्वेकिस्तानलाई हरायो

२०८०,जेष्ठ,१०,बुधबार १७:१६

0
Shares

काठमाडौं । काजकिस्तानले उज्वेकिस्तानलाई पराजित गर्दै एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपअन्तर्गत समूह ‘बी’को समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

राष्ट्रिय खेलकुद परिषद्(राखेपको कभर्डहलमा आज भएको खेलमा काजकिस्तानले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै समूहबीको विजेता बनेको हो ।

यस्तै, पराजित उज्वेकिस्तान पनि प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । उज्वेकिस्तान समूह ‘बी’को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । पहिलो सेट २४–२६ ले गुमाएको काजकिस्तानले त्यसपछिको लगातार तीन सेट आफ्नो पक्षमा पार्यो ।

काजकिस्तानले पछिल्लो तीन सेट २५–१६,२५–११ र २५–१८ ले जित्यो । यस जितसँगै काजकिस्तान ३ खेलमा अङ्क जोड्दै समूह ‘बी’को विजेता बनेको हो । पराजित उज्वेकिस्तान समान तीन खेलमा दुई खेलमा जित हासिल गर्दै ६ अङ्कका साथ उपविजेता बन्यो । यस समूहबाट श्रीलङ्का र माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएका छन् ।

प्रकाशित मिति: २०८०,जेष्ठ,१०,बुधबार १७:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । फिफा र एएफसीको प्रतिनिधिमण्डलले अखिल नेपाल फुटबल संघ (एन्फा) को पदाधिकारीसँग भेट गरेका छन् । एन्फाको कार्यसमिति सदस्य

काठमाडौं । युरोपेली जनगणना ब्युरोले जनाएअनुसार गत महिनामा नौ हजार भन्दा बढी अफगान नागरिकहरूले ईयु सदस्य राष्ट्रहरूमा शरणका लागि आवेदन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका लागि चिनियाँ राजदूत झी फेङले शुक्रबार कनेक्टिकटको केन्टमा पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरसँग भेट गरेका

काठमाडौं । उत्तरी चीनको हेबेई प्रान्तको दाचेङ काउन्टीमा शुक्रबार भएको आतिशबाजी विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनाका साथै दुई

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११