काठको आयात रोकी निर्यात गर्न सकिन्छ : मन्त्री महतो

लोकपथ
56
Shares

काठमाडौ । वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले वन तथा वातावरण मन्त्रालय ठूलो सम्भावना भएको मन्त्रालय रहेकाले यस अन्तर्गतका स्रोतसाधनको परिचालन गरी मुलुकको आर्थिक समृद्धि र रोजगारीमा योगदान दिन सकिने बताएका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गर्दै उनले अहिले जङ्गलमा कुहिएर रहेका काठको उपयोग गरी विदेशी काठ आयात रोक्न र निर्यातको समेत सम्भावना रहेको उल्लेख गरेका छन् ।

उनले भने, “यसमा देखिएका कानुनी जटिलतालाई सहजीकरण गर्न मन्त्रालय तयार छ, जडीबुटीको पनि मुलुकमा ठूलो सम्भावना छ । त्यसको परिचालन र उपयोग गरी रोजगारी र विदेशी मुद्रा आर्जन गर्न सकिन्छ, त्यसतर्फ काम गर्नुपर्छ ।”

नेपालको जलविद्युत् परियोजनाको क्षेत्रमा देखिएका वातावरणीय जटिलतालाई सहजीकरण गर्नुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री महतोले वातावरणीय भविष्यलाई पनि ध्यान दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

उनलाई मन्त्रालयमा सचिव डा रेवतीरमण पौडेल र मन्त्रालयका कर्मचारीले स्वागत अभिवादन गरेका थिए । जनता समाजवादी पार्टी नेपालका तर्फबाट उनि मन्त्रिमण्डमा सामेल भएका हुुन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले आजै पद तथा गोपनीयताको शपथ लिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?