१४ जेष्ठ २०८०, आईतवार

नेप्से १६ दशमलव ४९ अङ्कले बढ्यो

२०८०,जेष्ठ,१०,बुधबार १६:२९

117
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा १६ दशमलव ४९ अङ्कको वृद्धि देखिएको छ ।

आज नेप्से परिसूचक शून्य दशमलव ८५ प्रतिशतले बढेर एक हजार नौ सय ५९ दशमलव १२ अङ्कमा कायम भएको हो ।आज दुई सय ७० कम्पनीको ४८ लाख ६५ हजार चार सय ७५ कित्ता शेयर ३४ हजार आठ सय ४१ पटक खरिद बिक्री हुँदा  एक अर्ब ८७ करोड ३० लाख १८ हजार बराबरको कारोबार भएको छ ।

आज वित्त, जलविद्युत र म्युचुअल फन्ड समूहको उपसूचक क्रमशः सात दशमलव ४५, सात दशमलव ५१ र शून्य दशमलव ०३ अङ्कले घटेको छ । अरु सबै समूहको उपसूचक भने बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूहको उपसूचक दुई सय २० दशमलव ६६ र होटल तथा पर्यटन समूहको उपसूचक एक सय ७१ दशमलव ४७ अङ्कले बढेको छ ।

बैंकिङ समूह दुई दशमलव १५, विकास बैंक शून्य दशमलव ३०, लगानी शून्य दशमलव ३४, जीवन बीमा एक सय २० दशमलव २० र लघुवित्त समूह ७७ दशमलव ११ अङ्कले बढेको छ । त्यसैगरी, निर्जीवन बीमा समूह एक सय २१ दशमलव ४५, व्यापार समूह ३५ दशमलव १५ र अन्य समूह २१ दशमलव ०९ अङ्कले बढेको छ ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सानिमा इक्विटी फण्डको शेयर मूल्यमा तीन दशमलव ७७ प्रतिशतको गिरावट देखिएको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको १४ करोड ६४ लाख ९१ हजार बराबरको तीन लाख २६ हजार ३४ कित्ता शेयर खरिद बिक्री भएको छ ।

प्रकाशित मिति: २०८०,जेष्ठ,१०,बुधबार १६:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ५१ दशमलब

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । नेप्से परिसूचक आठ दशमलव १०

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार

काठमाडौं । ईङवा हाईड्रोपावर लिमिटेडको सर्वसाधारणका लागि निष्काशन गरिएको साधारण शेयरको बाँडफाँट गरेको छ । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११