नक्कली शरणार्थी प्रकरण : अभियोजन दर्ता गर्न अदालत लगियो

लोकपथ
35
Shares

काठमाडौं । सरकारी वकिलको कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुविरुद्ध आज अदालतमा अभियोजन दर्ता गर्ने भएको छ । सरकारी वकिलको कार्यालयबाट अभियोग पत्र काठमाडौं जिल्ला अदालत लगिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जना पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?