काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित उनको परिवारका सबै सदस्य अस्वस्थ भएका छन् ।
ज्वरो र खोकीले सिकिस्त भएपछि आइतबार बिहान प्रचण्डपत्नी सीता दाहाललाई सुमेरु अस्पतालमा भर्ना गरिएको बेला प्रचण्डसहित उनको परिवारनै भाइरल ज्वरोबाट प्रभावित भएका हुन् ।
सीता दाहालको अहिलेपनि उपचार भैरहेको छ ।
दाहालको उपचारमा संलग्न डाक्टरहरुका अनुसार उनको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको भएता पनि तत्कालै डिस्चार्ज गर्ने अवस्था नरहेको बताएका छन् । उनलाई अझै केहि दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने डाक्टरहरुको भनाई छ ।
केही दिन अघिबाट भाइरल ज्वरोका कारण प्रचण्ड नातिनि स्मिता दाहाल, दुई नातिहरु प्रसिद्ध दाहाल र प्रणव दाहाललाई ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालमा भर्ना गरिएको थियो ।
नाती नातीनातिना र कुक महिलालाई भने सामान्य उपचार पछि हिजो (सोमबार) सुमेरुबाट डिस्चार्ज गरिएको छ ।
प्रचण्डका स्वकीय सचिव गंगा दाहालको जानकारी अनुसार अध्यक्ष प्रचण्डलाई भने एन्टिबाइटिक चलाइएको छ । प्रचण्ड सामान्य ज्वरो र रुघाखोकीका कारण घरमै आराम गरिरहेका छन् ।
डाक्टरहरुले प्रचण्डलाई केही दिन आराम गर्न र भेटघाट बन्द गर्न सुझाव दिएको दाहालले बताइन् ।
त्यस्तै प्रचण्ड बुहारी समेत रहेकी खानेपानी तथा सररफाई मन्त्री विना मगरलाई पनि अस्पताल भर्ना गरिएको छ ।
मगर भाइरल ज्वरोबाट प्रभावित भएपछि अस्पताल भर्ना भएकी हुन् ।
अस्पताल स्रोतका अनुसार बिनालाई हिजो बेलुका भर्ना गरिएको हो । उनको पनि सुमेरु अस्पतालमै उपचार भैरहेको छ ।
चिकित्सकका आनुसार मन्त्री मगरको स्वास्थ्यमा सुधार आएको र आजै डिस्चार्ज हुने सम्भावना रहेको छ । मगरको अहिले क्याबिनमा राखेर डाक्टरको विशेष निगरानीमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया