नागरिकता विधेयक तत्काल प्रमाणीकरण गर्नुपर्छ : उपेन्द्र यादव

लोकपथ
70
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता उपेन्द्र यादवले नागरिकता ऐन संशोधन विधेयक तत्काल प्रमाणीकरण गर्नुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयमा रहेको नागरिकता ऐन संशोधन विधेयक तत्काल प्रमाणीकरण गर्नुपर्ने बताएका हुन् ।

‘नागरिकता विधेयक तत्काल प्रमाणीकरण गरी लागू गर्नुपर्छ’ उनले भनेका छन् । विधेयक राष्ट्रपति पौडेललाई प्रमाणीकरण गर्नका लागि संविधान र कानुनी रुपमा कुनै पनि बाधा अड्चन नभएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?