१३ जेष्ठ २०८०, शनिवार

बैंकिङ क्षेत्रको कुल निक्षेप झण्डै ५५ खर्ब पुग्दा कर्जा कति ?

२०८०,जेष्ठ,१०,बुधबार ११:५३

81
Shares

काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुको कुल निक्षेप रकम झण्डै ५५ खर्ब रुपैंयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार यही जेठ आठ गते सोमबारसम्ममा सञ्चालनमा रहेका २१ वटा बाँणिज्य बैंक, क्षेत्रिय र राष्ट्रियस्तरका समेत गरी १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितका ५५ वटा संस्थाहरुले कुल ५४ खर्ब ९४ अर्ब २० करोड रुपैंयाँ निक्षेप संकलन गरेका हुन ।

उक्त निक्षेप मध्येमा बाँणिज्य बैंकहरुले मात्र संकलन गरेको कुल निक्षेप रकम ४८ खर्ब ४५ अर्ब ९० करोड रुपैंयाँ रहेको छ भने बिकास बैंक र फाईनान्स कम्पनीहरुले संकलन गरेको कुल निक्षेप छ खर्ब ४८ अर्ब ४० करोड रुपैंयाँ रहेको छ ।
राष्ट्र बैंकका अनुसार पछिल्लो अवधिमा बैंक तथा फाईनान्स कम्पनीहरुको कुल कर्जा रकम भने ४८ खर्ब ४८ अर्ब ३० करोड रुपैंयाँ पुगेको छ । उक्त कर्जा मध्येमा बाँणिज्य बैंकहरुले मात्र कुल ४२ खर्ब ९६ अर्ब ७० करोड रुपैंयाँ कर्जा प्रवाह गरेका छन् ।

यस अवधिमा बिकास बैंक तथा फाईनान्स कम्पनीहरुले भने पाँच खर्ब ५१ अर्ब ६० करोड रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । बैंक तथा फाईनान्स कम्पनीहरुको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) भने यस अवधिमा ८४ दशमलव ८७ प्रतिशत रहेको छ भने अन्तर बैक कारोबारको औषत व्याजदर सात प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार पछिल्लो अवधिमा बैंक तथा फाईनान्स कम्पनीहरुको अल्पकालीन अवधिको व्याजदर भने सात दशमलव ९१ देखि नौं दशमलव ३६ प्रतिशतसम्म रहेको छ । जसमध्ये २८ दिनेको सात दशमलव ९१, ९१ दिने अवधिको नौं दशमलव ३३, एक सय ८२ दिनेको नौं दशमलव ३६ र तीन सय ६४ दिनेको आठ दशमलव ८१ प्रतिशत व्याजदर रहेको छ ।

प्रकाशित मिति: २०८०,जेष्ठ,१०,बुधबार ११:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारले यही जेठ १५ गते आगामी आर्थिक बर्षको लागि बजेट सार्वजनिक गर्दे छ । बजेट घोषणा हुनुअघि सरकारले

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकहरुको डिजिटल बैंकिङको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै भिसा क्रेडिट कार्ड सेवाको सुभारम्भ गरेको

काठमाडौं । सानिमा बैंक लिमिटेडले शुक्रबार नवलपरासीको सुनवल चोक, सुनवल नगरपालिका–४ मा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले  २९ अर्ब १३ करोड बराबरको ट्रे्जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११