आगामी दुई दिन देशभरको मौसम खराब हुने

लोकपथ
42
Shares

काठमाडौँ । आगामी दुई दिन देशभरको मौसम खराब हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी दुई दिनसम्म देशव्यापी रुपमा मौसम खराब हुने भएको हो ।

महाशाखाले वर्षा/चट्याङ/हावाहुरीको सम्भावना रहेको भन्दै मौसमी सूचना तथा जानकारी लिएर मात्र योजनाको तय गर्न आग्रह गरेको छ ।

महाशाखाले भनेको छ, ‘आगामी दुई दिन सम्मनै देशव्यापी रुपमा मौसम पूर्ण रुपमा सफा नहुने साथै वर्षा/चट्याङ/हावाहुरीको सम्भावना रहेकोले मौसमी सूचना तथा जानकारी लिएर मात्र योजनाको तय गरौं।मौसम सचेत बनौं !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?