काठमाडौं । काठमाडौं महानगरपालिकाले खुला स्थानमा आगो बाल्नेलाई ५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।
महानगरपालिकाले मंगलबार वडा नम्बर ९ स्थित खुला स्थानमा आगो बालेर वातावरण प्रदूषण गर्ने सञ्जीव रावतलाई जरिवाना तिराएको हो ।
महानगरपालिकाले खुला स्थानमा आगो बाल्नेलगायतका वातावरण प्रदूषण गर्ने काम नगर्न सचेत गराउँदै आएको छ भने अटेर गर्नेमाथि जरिवाना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया