विश्व बैंकबाट झण्डै १२० मिलियन डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय

लोकपथ
63
Shares

काठमाडौं । सरकारले विश्व बैंकबाट १२० मिलियन डलर बराबर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि सो रकम स्वीकार गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारको प्रवक्ता रेखा शर्माले सरकारले १९ दशमलव ७० मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने निर्णय गरेको जानकारी दिइन् ।

त्यस्तै अर्थमन्त्रालयको प्रस्तावमा मानव संशाधन छात्रवृत्ति जेडिएस तेस्रो चरण प्रथम ब्याजका लागि प्राप्त हुने ४१ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?