काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार जिल्ला अदालतमा उनीहरुलाई उपस्थित गराए म्याद थप गराएको हो ।
नक्कली शरणार्थी प्रकरणमा एमालेका नेता एवम पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायत १६ जना प्रहरीको हिरासतमा छन् ।
प्रहरीले शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा सोमबार बुझाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया