ओलीको चेतावनी– ‘योजनाबद्ध रुपमा एमालेमाथि हिलो छ्याप्न खोजे सैह्य हुँदैन’

लोकपथ
78
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेमाथि योजनाबद्धरुपमा मुछ्ने काम भए सैह्य नहुने चेतावनी दिएका छन् ।

मंगलबार जनसंगठन पदाधिकारी भेलालाई सम्बोधन गर्दै ओलीले विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी करकापमा कसैको नाम उच्चारण गर्न लगाएर आफूहरुमाथि हिलो छ्याप्न खोजे आफूहरु चुप लागेर नबस्ने चेतावनी दिए ।

‘एउटा सञ्जालको प्रयोग र मिडियालाई प्रयोग गरेर विभिन्न कुराहरू बजारमा छरेर यसलाई स्थापित गर्न योजनाबद्ध प्रयास भएर कारकापमा मानिसको नाम उच्चारण गर्न लगाएर एमालेलाई कसैले मुछ्न खोजिन्छ वा हिलो छ्याप्न खोज्छ भने एमालेलाई सह्य हुँदैन ।’ ओलीले भने ।

May be an image of 3 people, people studying and crowd

त्यस्तै एमाले कुनै भ्रष्टाचारमा संलग्न नहुने समेत दाबी गरे । कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पार्टीको आदर्श विपरित जानेलाई आफूहरुले कारबाही गर्ने बताए । त्यसैगरी

‘यदि कसैले एमालेभित्र रहेर पनि आदर्श, यसको मूल्य मान्यताविपरीत, यसको उद्देश्यलाई आघात पुग्नेगरी यस वा कुनै प्रकारको अनुचित अनौतिक वा भ्रष्ट क्रियाकलाप गर्छ भने एमाले त्यस्तालाई कारबाही गर्न आफै अग्रसर भएर अघि बढ्छ’, उनले भने, ‘हामीलाई भ्रष्टाचार प्यारो हुन सक्दैन । मान्छेको नैतिकता समाप्त भएपछि पार्ने कुरा हो । भ्रष्टाचारले श्वास फेरे पनि मृत भइसकेको हुन्छ । आत्मा मरेको हुन्छ आत्मा मरेका हुन्छ। एमाले आत्मा मरेका बेइमानहरूको पार्टी होइन। ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?