काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेविरुद्धको यसअघि दरपीठ भएको रिट दर्ता गर्न सर्वोच्चले आदेश दिएको छ ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीश तिलकप्रसाद श्रेष्ठको एकल इजलासले उक्त रिट दर्ता गर्न आदेश दिएको हो ।
यसअघि गत वैशाख २५ गते सर्वोच्चमा पुगेको उक्त रिट वैशाख २८ गते सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको थियो ।
दरपिठ भएको उक्त रिट निवेदनकर्ता युवराज पौडेल ‘सफल’ ले गत जेठ २ गते रिट पुनः दर्ताका लािग निवेदन दिएका थिए । उक्त निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रेष्ठको इजलासले उक्त रिट दर्ता गरि अघि बढाउन आदेश दिएका हुन् ।
लामिछानेले पुनः नागरिकता प्राप्तीको प्रक्रिया पूरा नगरी नागरिकता लिएको र त्यही आधारमा उपनिर्वाचनबाट निर्वाचित भए पनि उनी सांसद हुन अयोग्य रहेको जिकिर समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया