१४ जेष्ठ २०८०, आईतवार

यस्तो छ बागमती प्रदेशसभा बैठकको कार्यसूची

२०८०,जेष्ठ,९,मंगलवार १३:४०

72
Shares

काठमाडौं । बागमती प्रदेशसभाको मंगलबार बस्ने बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता क्षेत्र प्रस्तुत हुने भएको छ ।

प्रदेशसभा बैठक अघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा प्रस्तुत गर्ने कार्यसुची तयार गरेको हो ।

बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामा (तामाङ)ले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक)सभामा प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

त्यस्तै मन्त्री लामाले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक)” सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको खड्काले बताए । प्रदेशसभा बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र, मन्त्रालयको कार्यभार परिवर्तन सम्बन्धी पत्र, मन्त्रिपरिषद् विस्तार तथा पूनर्गठन एवम् कार्य विभाजन सम्बन्धी पत्र, विधेयक प्रमाणिकरण सम्बन्धी पत्र, विधेयक फिर्ता सम्बन्धी पत्र र सन्देश प्रस्तुत गर्ने तय कार्यसूची रहेको पनि सचिव खड्काले बताए ।

प्रकाशित मिति: २०८०,जेष्ठ,९,मंगलवार १३:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौं । नेपाल टेलिकमले कर्णाली प्रदेशको जुम्ला र कालिकोटमा एफटीटीएच सेवा ‘एनटी फाइबर’ को शुभारम्भ गरेको छ । गत २०८०

गण्डकी । पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १४ ले जितेको छ ।

काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातयातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९