आरजु र मञ्जु लक्षित शंकर पोखरेलको कटाक्ष : ‘अडियो/भिडियो सार्वजनिक हुँदा पनि छानबिन किन भएन’

लोकपथ
112
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई सत्तापक्षले छानबिन प्रक्रियामा दबाब सिर्जना गरेको आरोप लगाएका छन् ।

सो प्रकरणमा पीडित भनिएकाहरुसँगको सम्बादका क्रममा अडियो भिडियो सार्वजनिक हुँदा पनि सम्बन्धित व्यक्तिलाई छानबिन प्रक्रियामा नल्याइनुमा सरकारी पक्षको हात रहेको टिप्पणी गरे ।

सत्ता पक्षको निर्देशन अनुसार उनीहरुलाई छानबिनको प्रक्रियामा नल्याइ हल्काफुल्का रुपमा प्रतिवेदन तयार पारी सरकारी वकिलको कार्यालयमा बुझाइएको भन्दै कटाक्ष गरे ।

‘पीडित भनिएकाहरुले सार्वजनिक गरेका र पीडितसंगको सम्वादका क्रममा अभियुक्तहरुले नै नाम लिएका अडियो-भिडियो सामाजिक संजालमा छताछुल्लहुदा पनि सम्वन्धित व्यक्तिलाई छानविनको प्रकृयामा नै नल्याइकनै सत्तापक्षको निर्देशन अनुरुपको अनुसन्धान प्रतिवेदनलाई हल्काफुल्का रुपमा तयारगरी सरकारी वकिलको कार्यालयमा वुझाइएको कुरा सार्वजनिक हुँदा सुरुदेखिनै गरिएको आशंकालाई पुष्टि गरेको छ ।’ उनले भने ।

यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका सांसदद्वय आरजु राणा देउवा र मञ्जु खाण लगायतको नाम समेत जोडिएको छ । तर उनीहरुलाई कारबाही प्रक्रियामा नल्याइएको भन्दै आलोचना भइरहेको छ । त्यतातिर लक्षित गर्दै पोखरेलले सो कुरा बताएका हुन् ।

सरकारी पक्षको हस्तक्षेपले संवेदनशी र गम्भीर अपराधका विषयमा गरिएको कमजोरी जति आलोचना गरिए पनि कम हुने टिप्पणी गरे ।

‘यति सम्वेदनशील र गम्भीर अपराधका विषयमा गरिएको यस प्रकारको कमजोरीको जति आलोचना गरेपनि कम हुन्छ ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?