काठमाडौं । जनमत पार्टीका अध्यक्ष एवं सांसद डा. सीके राउतले माओवादी नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम संघीयता विरोधी रहेको टिप्पणी गरेका छन् ।
मंगलबार नीति तथा कार्यक्रमबारे छलफलमा सहभागि डा. राउतले सो टिप्पणी गरेका हुन् ।
७० पानाको नीति तथा कार्यक्रममा ३ पटक मात्रै संघीयता शब्दको उल्लेख गरिए भन्दै त्यसले संघीयतालाई सवल बनाउने कुनै ठोस कार्यक्रम नभएको बताए ।
‘यस नीति तथा कार्यक्रममा ७० पानाको छ । त्यसमा केवल ३ पटक संघीयताको उल्लेख गरिएको छ । संघीयतालाई सवल गर्ने खालको नीति तथा कार्यक्रम देखिएन । म त्यसबाट आफैँ आश्चर्यचकित छु की माओवादी नेतृत्वको सरकारले यो नीति तथा कार्यक्रम संघीयता विरोधी देखिएको छ ।’ उनले भने ।
त्यस्तै मधेश प्रदेशलाई प्राथमिकतामा राखेर मात्र नभइ विशेष प्रदेश घोषणा गरी काम गर्नुपर्ने सुझाव दिएका छन् ।
‘मधेश प्रदेशलाई प्राथमिकतामा राखेर होइन विशेष प्रदेश घोषणा गरि काम गर्नुपर्ने देखिन्छ ।’ उनले भने ।
ओशो तपोवनलाई भौतिक रुपमा रुपान्तरण गर्न समेत सुझाव दिएका छन् ।
त्यस्तै बुँदागत रुपमा उनले नीति तथा कार्यक्रमबारे सुझाव दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया