नेपाल प्रहरीका २२ एसपी कसले पाए कहाँको जिम्मेवारी ? (सूचीसहित)

लोकपथ
21
Shares

काठमाडौँ । नेपाल प्रहरीका २२ प्रहरी उपरीक्षक (एसपी) को पदस्थापन भएको छ । जेठ ५ गतेको सचिवस्तरको बैठकबाट एसपीमा बढुवा भएकाहरूलाई प्रहरी प्रदान कार्यालयले सोमबार जिम्मेवारी प्रदान गरेको हो ।
पदस्थापन हुनेहरूमा गौतमकुमार केसी, वसुन्धरा खड्का, अपिलराज बोहरा, नवराज कार्की, गोविन्द पुरी, रवीन्द्रबहादुर सिंह, चित्रबहादुर गुरुङ, रामप्रसाद घर्ती मगर, वासुदेव पाठक, रुपेश खड्का, मिलन केसी र भावेश रिमाल रहेका छन् ।
यसैगरी सन्तोष आचार्य, नारायण प्रसाद चिमोरिया, कुमोद ढुंगेल, श्याम बहादुर खत्री, शालिग्राम शर्मा, हरिहर नाथ योगी, श्यामकुमार राई, गोविन्दराज काफ्ले, नरेन्द्र चन्द र राजन भुजेलको पनि पदस्थापन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?