१५ मङ्सिर २०७९, बिहीवार

बालकृष्ण खाँणलाई कांग्रेसको प्रचार कमाण्ड

२०७४,कार्तिक,७,मंगलवार १७:२५

0
Shares

काठमाडौँ, ७ कातिक  ः नेपाली काँग्रेसले केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई आगामी मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रचारप्रसार समितिको संयोजकको जिम्मेवारी दिएको छ । काँग्रसको भ्रातृ संगठन नेपाल तरुण दलको अध्यक्ष तथा नेपाल सरकारको रक्षामन्त्रीको जिम्मेवारी कुशलतापूर्वक सम्हाली सक्नुभएका केन्द्रीय सदस्य खाँणलाई पार्टीभित्र प्रभावशाली नेताको रुपमा हेरिने गरिएको छ । काँग्रेसको विचारलाई जनतासमक्ष पु¥याएर आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित तुल्याउन के कस्तो ढंगबाट प्रचारप्रसारलाई अघि बढाउने भन्ने विषयमा पार्टी पदाधिकारी, केन्द्रिय सदस्य र सञ्चारविज्ञसँग आजै छलफल शुरु गरिसकिएको संयोजक खाँणले राससलाई जानकारी दिनुभयो । केही दिनभित्रै प्रचारप्रसार समितिलाई पूर्णता दिँदै विभिन्न आयामबाट निर्वाचनको प्रचारप्रसारलाई तीव्ररुपमा अघि बढाउने सन्दर्भमा निर्वाचन सामाग्रीको छपाई तथा व्यवस्थापनको कार्य गरिने उहाँले बताउनुभयो । काँग्रेसले मुलुकका केही लोकतान्त्रिक शक्तिसँग निर्वाचनको तालमेल गरी अघि बढ्ने उद्घोष गरिसकेको छ । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा काँग्रेसका १०३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । (रासस)

प्रकाशित मिति: २०७४,कार्तिक,७,मंगलवार १७:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जारी मतगणनामा हालसम्म नेकपा एमालेले समानुपातिकमा अग्रता कायम गरेको छ । निर्वाचन आयोगको तथ्यांक अनुसार एमालेले २७ लाख

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताएका छन् ।

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा २०३४ सालमा जन्मिएकी सीता गुरुङका बुबा पदमबहादुरको चाहना फरक थियो । पदमबहादुर आफ्नी जेठी

काठमाडौं । सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं–४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् । उनले ३० हजार ४८३

ताजा समाचार

बाजुरामा किन अझै शुरु भएन मतगणना ?
 २०७९,मङ्सिर,१५,बिहीवार ११:२३
सुत्केरीलाई पाँच हजार भत्ता
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०८
अट्टाहस
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०७
अर्जेन्टिना नकआउट चरणमा
 २०७९,मङ्सिर,१५,बिहीवार १०:३२