काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्रका लागि कक्षा १० को पाठ्यपुस्तकबाट डा. सन्दुक रुइतको जीवनी हटाएकोप्रति आलोचना भइरहेको छ ।
यसअघि कक्षा १० को सामाजिक विषयमा विश्वचर्चित आँखाका डा. रुइतको जीवनी राखिएको थियो । तर आगामी शैक्षिक सत्रका लागि छापिएको पुस्तकमा उनको जीवनी हटाइएकोप्रति नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले केन्द्रका महानिर्देशक बैकुण्ड अर्याललाई फोन गरी सो विषयमा जानकारी लिएका छन् । सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष शेर्पाले आफूले सो विषयमा चासो राखेको र केन्द्रका महानिर्देशक अर्यालले १० को पाठ्यक्रमबाट हटाइए पनि कक्षा ७ र ८ को पाठ्यपुस्तकमा सो समावेश गरिएको जानकारी दिएको बताए ।
‘राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रख्यात व्यक्तित्व डा सन्दूक रुइतको जिवनी कक्षा १० को पाठ्यक्रम बाट किन हटाएको भनेर प्रश्न गरे। जवाफमा महानिर्देशकज्युले कक्षा १० को पाठ्यक्रम बाट हटाएको भएता पनि कक्षा ७ र ८ को पाठ्यक्रममा समावेश गरेको जानकारी दिए।’ उनले भने ।
त्यस्तै गत चैत २ गते नेविसंघले पाठ्यपुस्तकमा नैतिक शिक्षा लगायत विद्यार्थीहरुलाई जीवनउपयोगी विषयवस्तुहरु समावेश गर्न माग गरेको थियो । सो विषयमा पनि आफूले जानकारी लिएको र आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ को पाठ्यपुस्तकमा नैतिक शिक्षा समावेश गरिएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया