काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् ।
सोमबार संसदीय दलको नेता चयनका लागि गठित निर्वाचन समितिले यादवलाई निर्वाचित भएको घोषणा गरेको हो ।
पार्टीको संसदीय दलको विधान २०७७ को दफा १० (१) बमोजिम यादव सर्वसम्मत निर्वाचित भएका हुन् ।
यस अघि रामसहाय प्रसाद यादव संसदीय दलको नेता थिए । उनी उपराष्टपतिमा निर्वाचित भएपछि उक्त पद रिक्त थियो ।
गत मंसिरको निर्वाचनमा सप्तरी २ बाट पराजित यादव गत वैशाख १० को उपनिर्वाचनमा बारा क्षेत्र नं २ बाट निर्वाचित भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया