काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध गरेको छ ।
सोमवार दिउँसो १२ बजेका लागि बोलाइएको पहिलो बैठकमा आफ्नो राख्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो । बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।
त्यसपछि २ः३० बजे बसेको दोस्रो बैठक पनि कांग्रेसले अवरुद्ध गरेपछि सभामुख कृष्णबहादुर महराले भोलि (मंगलवार) ३ बजेका लागि अर्को बैठक बोलाएका छन् ।
यसअघि ११ बजे बस्ने राष्ट्रियसभा बैठक पनि कांग्रेसले अवरुद्ध गरेको थियो ।
बैठक शुरु हुनासाथ कांग्रेस सांसदहरुले जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र शुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई अबिलम्ब केन्द्र सरकार मातहत राख्न माग गर्दै बैठक अवरुद्ध गरेको हो । राष्ट्रियसभा बैठक एक साताको लागि स्थगित गरिएको छ ।
बैठक माघ १४ गते सोमबार ११ बजेका लागि अर्को बैठक बोलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया