काठमाडौं । नीति तथा कार्यक्रममाथिको छलफलमा एमाले सांसद योगेश भट्टराईले जनयुद्ध शब्दप्रति आपत्ति जनाएको विषयले सामाजिक सञ्जालदेखि आम मिडियासम्म चर्चा चलिरहेको छ ।
सोमबारको बैठकमा सांसद भट्टराईले नीति तथा कार्यक्रमजस्तो सरकारी दस्तावेजमा जनयुद्ध शब्द राखिएकोप्रति आक्रोश व्यक्त गरेका थिए । त्यसपछि बोल्न रोस्टम पुगेका माओवादी सांसद देबेन्द्र पौडेलले जनताले लडेको युद्ध भएकाले जनयु्द्ध भनिएको भन्दै कटाक्ष गरेका थिए । १० वर्षे युद्ध कुनै जनावर वा ढुंगामाटोले लडेको युद्ध नभएको टिप्पणी गरे । शान्तिप्रक्रियामा आइसकेको विषयमा आपत्ति जनाउँदा थप खलल पुग्ने भन्दै उनले त्यसबारे बहसमा आउन चेतावनी दिएका थिए ।
सोही विषयमा सांसद भट्टराईले सामाजिक सञ्जालमा लेख्दै सांसद भट्टराईले द्धन्द्धको समयमा भएका घटनाक्रमको फेहरिस्त प्रस्तुत गर्दै मान्छेले लडेको युद्ध मान्छेले गर्ने व्यवहार नगरेको टिप्पणी गरे ।
जनयुद्धको समयमा ज्यान जोखिममा रहेको बेलामा समेत आफूहरुले छाती पिटेर बहस गरेको भन्दै अहिले पनि बहसका लागि तयार भएको बताएका छन् ।
सांसद भट्टराईले गुडिरहेको गाडीमा आगो लगाएर बालिका काजोल खातुनको निर्दयीतापूर्वक हत्या मान्छेले गरेको हो भन्दै प्रश्न गरेका छन् । त्यस्तै स्कुलमा पढाइरहेका लमजुङका शिक्षक मुक्तिनाथ अधिकारी, ओखलढुंगाका गुरुप्रसाद लुइटेल, स्यांजाका गुप्तबहादुर विक र म्याग्दीका मणीलाल शर्मालाई कक्षा कोठाबाट घिसारेर दर्जनौँ ठाउँमा किला ठोकि ठोकि हत्या गर्ने काम मान्छेले गरेको हो त ? भन्दै प्रश्न गरे ।
त्यस्तै संविधान निर्माणका बेला जनयुद्ध र बहुलबाद लगायतका विषयमा बहस भएको स्मरण समेत गराएका छन् । नीति तथा कार्यक्रम राष्ट्रको आधिकारीक दस्तावेज रहेको भन्दै त्यसमा सार्वजनिक चासो हुने बताए ।
सांसद भट्टराईको भनाइप्रति लक्षित गर्दै नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले २०६५/०६६ को नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको बताए । त्यस्तै जनयुद्ध लेखिएको बुँदालाई समेटेर नै आएको नीति तथा कार्यक्रम नै पास भएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया