१५ मङ्सिर २०७८, बुधबार

बालकृष्ण खाँणलाई कांग्रेसको प्रचार कमाण्ड

२०७४,कार्तिक,७,मंगलवार १७:२४

0
Shares

काठमाडौँ, ७ कातिक  ः नेपाली काँग्रेसले केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई आगामी मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रचारप्रसार समितिको संयोजकको जिम्मेवारी दिएको छ ।काँग्रसको भ्रातृ संगठन नेपाल तरुण दलको अध्यक्ष तथा नेपाल सरकारको रक्षामन्त्रीको जिम्मेवारी कुशलतापूर्वक सम्हाली सक्नुभएका केन्द्रीय सदस्य खाँणलाई पार्टीभित्र प्रभावशाली नेताको रुपमा हेरिने गरिएको छ ।काँग्रेसको विचारलाई जनतासमक्ष पु¥याएर आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित तुल्याउन के कस्तो ढंगबाट प्रचारप्रसारलाई अघि बढाउने भन्ने विषयमा पार्टी पदाधिकारी, केन्द्रिय सदस्य र सञ्चारविज्ञसँग आजै छलफल शुरु गरिसकिएको संयोजक खाँणले राससलाई जानकारी दिनुभयो ।केही दिनभित्रै प्रचारप्रसार समितिलाई पूर्णता दिँदै विभिन्न आयामबाट निर्वाचनको प्रचारप्रसारलाई तीव्ररुपमा अघि बढाउने सन्दर्भमा निर्वाचन सामाग्रीको छपाई तथा व्यवस्थापनको कार्य गरिने उहाँले बताउनुभयो ।काँग्रेसले मुलुकका केही लोकतान्त्रिक शक्तिसँग निर्वाचनको तालमेल गरी अघि बढ्ने उद्घोष गरिसकेको छ । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा काँग्रेसका १०३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । (रासस)

प्रकाशित मिति: २०७४,कार्तिक,७,मंगलवार १७:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा बागमती प्रदेशको राजधानी हेटौँडामा भोलि हुने पार्टीको १४ महाधिवेशनअन्तर्गत बागमती प्रदेश अधिवेशनको उद्घाटन

नेपाली काँग्रेसका सांसद भीमसेनदास प्रधानले बागमती प्रदेश पार्टी सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन

काँग्रेसले पार्टीको १४ औं महाधिवेशनमा सहभागी हुने स्वदेशी तथा विदेशी पाहुनाको स्वागत तथा व्यवस्थापनका लागि गठन गरेको समितिले पूर्णता पाएको

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीमा फुट आउन नदिने प्रतिवद्धता जनाएका छन्

ताजा समाचार

राष्ट्रपतिबाट एक साथ ६ वटा अध्यादेश जारी
 २०७८,मङ्सिर,१५,बुधबार १९:२५
नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत
 २०७८,मङ्सिर,१५,बुधबार १९:१९