जनयुद्ध शब्दप्रति योगेशको कटाक्षप्रति रिजालकाे जवाफ– ‘०६५/०६६ को नीति तथा कार्यक्रम पढ्नुस्’

लोकपथ
77
Shares

काठमाडौं । आइतबारबाट सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमकाबारेमा सदनमा छलफल चलिरहेको छ ।

सोमबार एमाले सांसद योगेश भट्टराईले नीति तथा कार्यक्रमको पहिलो बुँदामा समावेश गरिएको जनयुद्ध शब्दप्रति आपत्ति जनाएका छन् ।

सांसद भट्टराईले यसअघिका कुनै पनि सरकारी डकुमेन्टमा जनयुद्ध प्रयोग नगरिएको टिप्पणी गरेका थिए । साथै उनले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री रहेको अवस्थामा राष्ट्रपतिलाई जनयुद्ध शब्द उच्चरण गर्न लगाएको भन्दै कटाक्ष गरेका थिए ।
त्यसपछि बोलेका माओवादीका सांसद देवेन्द्र पौडेलले आपत्ति जनाएका थिए ।

सांसद भट्टराईको उक्त भनाइप्रति नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले कटाक्ष गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै नेता रिजालले २०६५–०६६ को नीति तथा कार्यक्रम सार्वजनिक हुँदा एमाले सरकारमा रहेको र उक्त शब्द राखिएको भन्दै कटाक्ष गरे ।

‘माननीय योगेश भट्टराईलाई अध्ययन मननकालागिः उहाँको पार्टी एमाले समेत सहभागी सरकारले २०६५/६६ मा संसदमा प्रस्तुत गरेर पारित “जनयुद्ध“ पदावली लेखिएको नीति तथा कार्यक्रमका सुरूका केही पृष्ठ ।’ उनले भनेका छन्, ‘स्मरणकालागि सो शब्द हटाइयोस् भन्ने मेरो संशोधन प्रस्ताव एमाले समेतको मतबाट अस्वीकृत भएको थियो।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?