१३ जेष्ठ २०८०, शनिवार

प्रदेशसभा सदस्य सरल, जसले फिर्ता गरे राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा सरकारले दिएको यातायात खर्च

२०८०,जेष्ठ,८,सोमवार १४:४८

1.584k
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य ओम बिक्रम भाट सरलले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि सरकारले दिएको यातायात खर्च फिर्ता गर्ने घोषणा गरेका छन् ।

गत बैशाख २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन भएको थियो । सो क्रममा काठमाडौं बाहिरबाट आउने प्रदेश सभा सदस्यहरुलाई सरकारले यातायात खर्च र दैनिक भत्ता उपलब्ध गराएको थियो ।

सांसद सरलले सामाजिक सञ्जालमा लेख्दै उक्त प्रावधान प्रदेश सभाले व्यवस्था गरेको छ भनेपछि प्रदेश सभालाई टिकट बोर्डिङपास बुझाए । त्यसको विभिन्न कोणबाट आलोचना समेत भएको थियो । उक्त यातायात खर्च र दैनिक भत्ताबारे प्रश्न उठेपछि उक्त सुविधा फिर्ता गर्ने घोषणा गरेका हुन् ।

‘राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको समयमा प्रदेश सभा सदस्यहरुले यातायात खर्च र दैनिक भत्ता दिने विगतको प्रणाली रहेछ । सांसदहरूलाई टिकट बोर्डिङपास दिन भनिएको थियो सोही अनुसार मैले पनि दिएको हो । यो बिषयमा सबै कानुनी, वैधानिक व्यवस्था के छ भन्नेकुरा हेरिएन किनभने प्रदेशसभाले यो व्यवस्था छ भनेपछि सोही वमोजिम कागजपत्र बुझाइयो । तर अहिले विभिन्न कोणबाट र समाचारहरुमा बिषयहरु आइरहेको यो सुबिधाप्रती प्रश्न उठेको र बहसमा आएपछि मेरो गम्भीर ध्यानाकर्षण भएको छ । संसदले ऐन, कानुन र नियम बनाउने संस्था हो तिनैका सदस्यहरुले नै प्रश्न उठ्ने कार्य गर्नु वाञ्छनीय हुँदैन । त्यसकारण म यसै फेसबुक पोष्टमार्फत सम्बन्धित सबैलाई जानकारी गराउन चाहन्छु, मैले उक्त सुबिधा वाफत प्राप्त गरेको रकम प्रदेश सभा कार्यालयमा फिर्ता गर्ने छु ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

त्यस्तै प्रदेश सभा सदस्य सरलले अबका दिनमा त्यस्ता विषयमा सचेतता अपनाउने बताए । सबैले यस्ता विषयमा खबरदारी गर्न समेत आग्रह गरे ।

‘अब उप्रान्त यस्ता बिषयमा सचेतता अपनाउने छु । आलोचनात्मक सुझाव सल्लाहको लागी सबैलाई हार्दिक धन्यवाद । यसरी नै हामी सबैले खबरदारी गर्न जरुरी छ ।’ उनले भने ।

प्रकाशित मिति: २०८०,जेष्ठ,८,सोमवार १४:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २००७ सालदेखि कै भ्रष्टाचारको फाइल खोल्न आग्रह गरेका छन् । शनिबार प्रतिनिधि सभाको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपति नाथको जलहरीको विषयमा निवेदन परि छानबिन भइरहेको बताएका छन्। जलहरी प्रकरणमा प्रतिनिधि सभाको

काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा शुरु भएको छैन । बैठक शनिबार दिउँसो ४ बजे बोलाइएको भएपनि समयमै शुरु हुन

काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनालले देशभर आन्दोलन हुने चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता खनालले

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११