डा. केसीको जिवन रक्षाको माग गर्दै चिकित्सकद्वारा आन्दोलन

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सक हातमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रेका छन् । 

डा. गोविन्द केसीको जिवन रक्षा र माग सम्बोधनका लागि दबाब दिन शिक्षण अस्पतालका दुई सयभन्दा आवासीय चिकित्सक हातमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रेका हुन् ।  

डा. केसी १३ दिनदेखि अनसनरत छन् । अहिले उनलाई त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्ष आइसीयुबाट वार्डमा सारिएको छ ।

केसीले आफ्ना कारण जटिल रोगका बिरामीले आइसीयुमा शैय्या नपाउने अवस्था नआओस् भनेपछि अस्पतालले उनलाई आइतवार वार्डमा सारेको हो । 

उता, केसीको अनसनलाई लिएर अस्पतालमा दुई पक्ष आन्दोलनमा उत्रिएका छन् ।

निमोनिया, छाति दुख्ने, रिंगटा लाग्ने, रक्तचाप न्यून हुने लगायत समस्याका कारण १२ दिनदेखि अनसनरत डा. केसीको अवस्था अहिले पनि जोखिममुक्त छैन ।

गत पु २५ गते इलाममा अनसन शुरु गरेका डा. केसीको स्वास्थ्य अवस्था जटिल भएपछि शुक्रबार काठमाडौं ल्याइएको थियो । इलामबाट काठमाडौं ल्याइ त्रिवि शिक्षण अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो । तर, आफू आइसीयूमा बस्दा जटिल रोगका बिरामीले शैय्या नपाउने बताएपछि केसीको इच्छा अनुसार वार्डमा सारिएको थियो । 

उता केसीको अनसनको विरोधमा सत्तारुढ नेपाल कक्युनिष्ट पार्टीका समर्थित विद्यार्थीहरुले पनि अस्पतालमा प्रदर्शन गरेका छन् । 

अस्पताल आन्दोलनको थलो होइन, विरामीको उपचार गर्ने ठाउँ हो । अस्पतालमा कुनै पनि बहानामा उपचार प्रभावित हुनु हुँदैन भन्दै आन्दोलन गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?