जनयुद्धको विषयमा संसदमा एमाले र माओवादी सांसदबीच चर्काचर्की

लोकपथ
147
Shares

काठमाडौं । आइतबारबाट संसदमा सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमबारे छलफल भइरहेको छ ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।

आइतबारबाट सो नीति तथा कार्यक्रमबारे छलफल जारी रहेको छ । सोमबारको बैठकमा एमाले सांसद योगेश भट्टराई र माओवादी सांसद देबेन्द्र पौडेलबीच जनयुद्धको विषयमा कटाक्ष भएको छ ।

छलफलमा आफ्ना भनाइ राख्न रोस्टममा पुगेका एमाले सांसद भट्टराईले नीति तथा कार्यक्रमको पहिलो बुँदामा राखिएको ‘जनयुद्ध’ भन्ने शब्दप्रति आपत्ति जनाए । उनले नेपाली कांग्रेसले पनि जनयुद्धलाई स्वीकार गरेको भए इतिहासले बाइबाइ गर्ने भन्दै आक्रोश व्यक्त गरे । साथै कुनै पनि सरकारी डकुमेन्टमा उक्त शब्द प्रयोग नभएको तर अहिले माओवादी अध्यक्ष नेतृत्वको सरकारले राष्ट्रपतिको मुखबाट बाचन गर्न लगाएको भन्दै त्यसलाई प्रमुखताका साथ राखेको टिप्पणी गरे । साथै उनले जनयुद्धको विषयमा यसअघि धेरै छलफल भइसकेको भन्दै उक्त शब्दलाई त्यहाँ राख्नुको औचित्य नरहेको जिकिर गरे । साथै बाहिर बहस गर्न चुनौती दिए ।

त्यसपछि छलफलमा भाग लिन रोस्टममा पुगेका उनले माओवादी सांसद देबेन्द्र पौडेलले उनको भनाइप्रति कटाक्ष गर्दै डिस्नरी पल्टाएर हेर्न चुनौति दिए । त्यस्तै १० वर्ष चलेको युद्ध माछा, भालु युद्ध, जंगली जनावर लडेको युद्ध नभएको मान्छे लडेको युद्ध भएकाले त्यसलाई जनयुद्ध भनिएको टिप्पणी गरे । त्यसैगरी एमालेकै नेताहरुले शान्ति प्रक्रियामा हस्ताक्षर गरेको स्मरण गर्न चेतावनी दिए । साथै जनयुद्धका विषयमा छलफल गर्न र बहस गर्न आफू तयार रहेको भन्दै भट्टराईलाई चुनौति दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?