काठमाडौं । बलिउड अभिनेता अनुपम खेर सुटिङका क्रममा घाइते भएका छन् । अभिनेता खेरले आफ्नो सामाजिक सञ्जाल इन्स्ट्राग्राममा एक पोस्ट अपलोड गर्दै आफू सुटिङका क्रममा घाइते भएको उल्लेख गरेका हुन् ।
चलचित्र ‘विजय ६९’ को सुटिङका क्रममा अभिनेता घाइते भएका थिए । उनको हातमा चोट लागेको छ । अभिनेताको यो पोस्टमा सबैले उनको शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया