काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारी प्रवक्ताको जिम्मेवारीबाट मुक्त भएकी छिन् ।
मानव अधिकार आयोगको प्रवक्ताको जिम्मेवारी भन्दा बिभिन्न गैरसरकारी मिसनको अभियन्ता बनेको आरोप अन्सारीमाथि छ । आयोगका अनुसार हाल मानवअधिकार आयोगको प्रवक्ताको जिम्मेवारी आयोगका सचिव बेदप्रसाद भट्टराईले पाएका छन् । साधै आयोगका अर्का सदस्य सुदिप पाठकको संरक्षण र अनुसन्धान बिभागको जिम्मेवारीबाट पनि मुक्त भएका छन् ।
पाठकले अनुसन्धानका क्रममा बिभिन्न गडबडी गरेको पाइएपछि उनको जिम्मेवारी खोसेको आयोगले जनाएको छ ।
उनको जिम्मेवारी अर्का सदस्य गोविन्द शर्मा पौडेललाईले जिम्मेवारी सम्हालने भएका छन् ।
आयोगका अध्यक्ष अनुपराज शर्मा कै निर्दोशनमा उनीको जिम्मेवारी खोसिएको र फेरिएको स्रोतले दाबी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया